इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर इब्राहिम « Khabarhub

इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर इब्राहिम


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

इजरायल – सन् २००६ को इजरायल लेबनान युद्धपछि पहिलो पटक इजरायलले लेबनानमा भीषण युद्ध जारी राखेको छ।

युद्धमा हिजबुल्लाहका रकेट तथा मिसाइल डिभिजनका प्रमुख कमान्डर इब्राहिम क्युबासीको ज्यान गएको मंगलबार इजरायलले दाबी गरेको हो। त्यहाँको स्वास्थ्य मन्त्रालयले सोमबारको आक्रमणमा ५५० जनाको ज्यान गएको जनाएको हो।

लेबनानले यसलाई नरसंहारको संज्ञा दिएको छ। घाइतेहरूको उपचार गर्नका लागि लेबनानको स्वास्थ्य संरचना नै असफल भइसकेको छ।

इजरायलले बारम्बार त्यहाँ आक्रमण गर्न राखिएको सयौँ हतियारको स्थानमा आक्रमण गरेको जनाएको छ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा तीन सय रकेट प्रहार गरेको छ। सो रकेट प्रहारबाट ६ जना घाइते भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पुरा शक्ति लगाएर यो आक्रमण रोक्न पहल गर्नुपर्ने बताएका छन्। उनले यसका लागि संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजसँग यसका बारे कुरा गरेका थिए।

अहिले त्यहाँ ५० अस्पतालमा १८ सय ३५ जना उपचार गराइरहेका छन्। मारिएका ५५८ जना मध्य ५० बालबालिका तथा ९४ महिला छन्।

लेबनानको स्वास्थ्य मन्त्रालयले सन् २००६ को भन्दा यस पटकको युद्ध अझ बढी क्रूर भएको जनाएको छ।

संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार आयोगले पनि सोमबारको आक्रमण अन्तर्राष्ट्रिय मानव अधिकार कानुनको उल्लङ्घन भएको ठहर गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरी इजरायलबाट विस्थापित भएकाहरू घर नफर्किएसम्म हिजबुल्लाह माथिको आक्रमण जारी राख्ने बताए। उनले लेबनानी नागरिकलाई हतियार राखिएको घरमा नबस्न आग्रह गरेका छन्। उनले हिजबुल्लाहसहित उनीहरूको सम्पूर्ण हतियार नास गर्ने लक्ष्य रहेको बताएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ४८ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि