श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन « Khabarhub

श्रीलङ्काको संसद भङ्ग, आगामी नोभेम्बरमा निर्वाचन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद विघटन गरेका छन् । राष्ट्रपति दिसानायकेले आगामी नोभेम्बर १४ मा आमनिर्वाचन गर्ने गरि संसद विघटन गरेका हुन् ।

गत शनिबार भएको निर्वाचनको नतिजापछि राष्ट्रपति बनेका ५६ वर्षीय दिसायनाकेले संसद भङ्ग गरेर निर्वाचनको मिति तोकेका हुन् ।

राष्ट्रपति चुनावको अभियानका क्रममा नै दिसानायकेले आफू विजयी भए तत्काल संसद विघटन गर्ने स्पष्ट पारेका थिए ।

श्रीलङ्काको नवौँ राष्ट्रपतिको रुपमा शपथग्रहण गरेपछि उनले आफू लोकतन्त्र जोगाउन र नेताहरूको सम्मान पुनर्स्थापनाका लागि सक्दो प्रयास गर्ने विश्वास दिलाएका थिए ।

साथै उनले आफ्नो उद्देश्य देशलाई आर्थिक सङ्कटबाट निकाल्ने भएको बताएका थिए । उनले आफू जादुगर नभई आर्थिक सङ्कटबाट गुज्रिरहेको देशलाई उकास्ने सामूहिक दायित्वमा लाग्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : ०८ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण