बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने « Khabarhub

बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशको केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।

बङ्गलादेश बैंकका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिए।

उनले भने, ‘हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ । ‘

केन्द्रीय बैंकले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैंकले अन्य बैंकका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो। 

बङ्गलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अंकमा कायम रहेको थियो । 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : २५ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र