दाङको गँगटे तालमा मोटरबोट सञ्चालन | Khabarhub Khabarhub

दाङको गँगटे तालमा मोटरबोट सञ्चालन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गँगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।

बोटिङ गर्न आउनेले स्थानीय उत्पादन, परिकार खपत गरेपछि उत्पादनमा वृद्धि भएको हो ।

चालीस वर्षीय ओलीले मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालन पनि गरेका छन् । उनको फर्मलाई आवश्यक पर्ने दानालगायत सामग्री आपूर्तिबाट पनि स्थानीयको आम्दानी बढोत्तरीमा टेवा पुगेको छ ।

मोटरबोट सञ्चालनसँगै कुखुरा, हाँस र माछापालनबाट प्रशस्त आम्दानी हुने गएको उनको भनाइ छ । ‘मेरो सानो रिसोर्ट पनि भएकाले  बोटिङ गर्न आउनेहरू त्यहाँ पनि पुग्छन् यसले व्यवसाय प्रवर्द्धन भएको छ’, उनले भने । सार्वजनिक बिदा र शनिबार बढी आन्तरिक पर्यटक आउने गरेको, गर्मीका बेला दैनिक २५–३० जना बढीले बोटिङ गर्ने तथा अन्य व्यवसायबाट आफूले मासिक एक लाख ५० रुपैयाँ आम्दानी गर्दै आएको उद्यमी ओलीले बताए ।

बोटिङ गर्न आउनेसँग प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क लिने गरेको जानकारी दिँदै उनले यसमा हालसम्म एक करोड १० लाख रुपैयाँ लगानी गरेको र भविष्यमा व्यवसाय विस्तार गर्ने योजना सुनाए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ३० बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच