खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर « Khabarhub

खोलाको सिमानाभित्रका भौतिक संरचना हटाउँदै भरतपुर महानगर


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोलाको सिमानामा परेका भवनहरू भत्काउने काम शुरु गरेको छ । 

भरतपुर महानगर पालिकाले खोलाको सिमाना भित्र रहेका भौतिक संरचना हटाउन ३५ दिने सूचना निकालेको तर बेवास्ता गरेको कारण डोजर लगाएर भत्काउने काम शुरु गरेको भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले बताइन् । 

उनले सार्वजनिक जग्गाहरूमा भौतिक संरचना निर्माण गर्ने र व्यवसाय सञ्चालनको लागि भाडामा दिने गरेको पाइएको बताए । पुङ्गी खोलाको सिमाकंन भरतपुर महानगर पालिकाको ११ नम्बर वडाको गणेश थान देखी राम घाट सम्म करिब साढे ५ किलो मिटर क्षेत्रको खोलाको वरपर सिमाकंन गरेर सौन्दर्यकरण गर्ने वाकीङ्ग ट्रेल निर्माण योजना रहेको उनले जानकारी दिए ।

भरतपुर महानगरले नारायणगढ बजारको मुटुमा रहेको लायन्स क्लबको भवन पुगी खोलाको खोलाको क्षेत्रमा निर्माण भएको कारण भत्काएको छ । करिब ५५ सालमा निर्माण भएको उक्त भवन लायन्स क्लबको आफ्नै भवन हो ।

उक्त खोलाको सिमाङ्कन नापी गर्ने क्रममा धेरै घरहरू परेका छन् । खोलाको सिमाङ्कन गर्ने क्रममा खोलाको वरपर कति मिटर छाड्ने भन्ने यकिन नभएको भरतपुर महानगर पालिकाका नापी अधिकृत विकास देवकोटाले बताए ।

महानगरले रातो पुर्जा नभएको र खोलाको सिमाना मिचेर बनेका घर टहरा सबै हटाउने जनाएको छ । लायन्स चोक वाट परिचित उक्त स्थानको लायन्स क्लबको भवन भत्किएपछि लायन्सको अस्तित्व नै मेटीने चिन्ता व्यक्त गरिएको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १२ : ५२ बजे

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता