एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक लामालाई नगदसिहत सम्मान  « Khabarhub

एनएमबि बैंकद्वारा पलेशा गोवर्धन र प्रशिक्षक लामालाई नगदसिहत सम्मान 


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनएमबी बैंकले पेरिस प्याराओलम्पिक खेलकुदमा नेपाललाई पहिलो कास्य पदक दिलाउन सफल प्यारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

उनको अभूतपूर्व उपलब्धिको सम्मानमा, बैंकले गोनर्धनलाई नगद पुरस्कार पाँच लाख एक हजार रुपैयाँ र उनका प्रशिक्षक कविराज नेगी लामालाई एक लाख एक हजार रुपैयाँ प्रदान गरेको हो। पलेशा गोनर्धनको प्रतिनिधित्व गरी उनको अभिभावकले उक्त नगद ग्रहण गरेका थिए ।

पलेशाको उपलब्धि र नेपालमा खेलकुदको भावनाको सम्मान गर्दै एनएमबी बैंकको विशेष समारोहमा गोवर्धन र उनका प्रशिक्षकलाई सम्मान स्वरुप नगद हस्तान्तरण गरिएको थियो ।

एनएमबी बैंकको हाल देशभर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू रहेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : १६ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले