‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’ « Khabarhub

‘शेयरबजार अप्राकृतिक तवरबाट लगातार घटाइयो’


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको पुँजीबजार अप्राकृतिक तवरबाट लगातार घटाइएको भन्दै चार लगानीकर्ता संघसंगठनले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । 

जनरल इन्भेष्टर एशोसियसनका अध्यक्ष दीपक कार्की, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष प्रकाश रजौरे र साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो समस्याको तत्काल छानबिन माग गरिएको छ । 

यस्तै शेयर बजारमा सुझबुझ ढंगले कारोबार गर्न पनि लगानीकर्ता संघगठनले अनुरोध गरेका छन् । ‘पूँजी बजारलाई स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सञ्चालन गर्नको लागि र आम लगानीकर्ताको अधिकारको सुनिश्चितताको लागि नियमनकारी निकायबाट यथाशीघ्र पहल गर्न समेत अनुरोध गर्दछौं’, विज्ञप्तिमा लेखिएको छ, ‘आम लगानीकर्ताहरू कसैको लहैलहैमा नलागी सुझबुझ ढङ्गबाट कारोबार गर्न र पुँजीबजार सुधारको लागि एकजुट भएर अगाडि बढ्नको लागि समेत अनुरोध गर्दछौँ ।’

‘यस सम्बन्धमा लगानीकर्ताहरूले धितोपत्र बोर्ड अर्थ मन्त्रालय, नेपाल स्टक एक्सचेन्जमा आफ्ना गुनासाहरू राखिसकेकोले तत्काल छानबिन गर्न हामी सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : २० बजे

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो