साफ यू-१७ च्याम्पियनसिप : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

साफ यू-१७ च्याम्पियनसिप : नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साफ यू-१७ च्याम्पियनसिपमा नेपालले समूहको आफ्नो अन्तिम खेलमा आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल प्रवेशका लागि नेपालले यो खेल जित्नैपर्ने अवस्था रहेको छ ।

थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुने खेल नेपाली समय अनुसार ५: ४५ बजेदेखि हुनेछ । समूह बी मा रहेको नेपाल दुई खेलबाट तीन अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । 

पहिलो खेलमा पाकिस्तानसँग नेपाल १-० गोलले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकालाई ४-० गोलले पराजित गरेको थियो । 

भुटान चार अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । समान अंक भए पनि गोल अन्तरका आधारमा पाकिस्तान दोस्रो स्थानमा छ । आज नै पाकिस्तानले श्रीलंकासँग खेल्नेछ । भुटान र पाकिस्तानलाई बराबरीको नतिजा पनि अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १ : ४४ बजे

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध