ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’ « Khabarhub

ओटीटीमा सार्वजनिक भयो फिल्म ‘प्रेम गीत-३’


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वि.सं. २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा एक साथ प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत-३’ ओटीटी प्लेटफर्म एप ‘सिनेमा घर’मा राखिएको छ ।

नायक प्रदीप खड्का र नायिका क्रिस्टिना गुरुङको शीर्ष भूमिका रहेको यस फिल्म पहिलो पटक भारतमा पनि प्रदर्शन भएको थियो ।

यस फिल्म खजाग राज्यका कान्छा राजकुमार प्रेम (प्रदीप) र उनकी प्रेमिका गीत (गीत) को कथा छ। फिल्ममा प्रेम शुभ समयमा जन्मिएका कारण राजा हुने भविष्यवाणी गरिएको हुन्छ । त्यसपछिको उनको जीवनको उत्तारचढाव फिल्ममा देखाइएको छ ।

यस फिल्ममा प्रदीप र क्रिस्टिनासहित शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, समृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवालगायत कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका हुन् ।

प्रेम गीत सार्वजनिकसँगै सिनेमाघर एपले नयाँ फिचर ल्याएको छ । यसअघि सिनेमाघरका सामाग्री मोबाइल र स्मार्ट टिभीमा मात्रै हेर्न सकिन्थ्यो । अब ल्यापटप र डेस्कटपबाट वेब ब्राउजरमार्फत सिनेमाघरका सामाग्री हेर्न सकिन्छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५६ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका