गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ « Khabarhub

गृहमन्त्रीले भने- अध्यागमन देशको ऐना हो, कर्मचारीको व्यवहार सुधारौँ


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको काम र कर्मचारीको व्यवहारलाई लिएर बाहिर नकरात्मक टिप्पणी हुने गरेको बताएका  छन्। उनले अध्यागमनको ‘इमेज’ सुधार्न आवश्यक रहेको पनि बताएका छन् ।

बुधबार बिहान त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

अध्यागमनबारे आमजनतामा राम्रो बुझाई नभएको भन्दै अवाञ्छनीय गतिविधि भए कुनै हालतमा स्वीकार्य हुने पनि लेखकले बताएका छन् ।

विमानस्थलमा कार्यरत सरकारका अन्य संयन्त्रसँग समन्वय गरेर काम गर्न पनि उनले अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो’, उनले भने, ‘आउने मान्छेले नेपाल हेर्ने यहीँबाट हो। जाने मान्छेले पनि नेपालको व्यवहार देख्ने यहीँ हो ।’

गृहमन्त्री लेखकले अध्यागमनको काम सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको बताएका छन् ।

त्यसक्रममा अध्यागमका कर्मचारीले कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव भएको बताए । त्यसैगरि कार्यालयका लागि भौतिक संरचना सुधार र कर्मचारीलाई समयक्रम अनुसार प्रशिक्षण आवश्यक रहेको उनीहरूले बताएका थिए ।

अध्यागमन कार्यालय अनुगमनमा गृहमन्त्री लेखकसँगै गृहसचिव गोकर्णमणि दुवाडीसमेत विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ४४ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको