सांकेतिक तस्बिर

देश/प्रदेश

नेपालगञ्जबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

By खबरहब

September 25, 2024

बाँके– नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुरबाट स्रोत नखुलेको नगद १६ लाख १० हजार २ सय ५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने मोहम्मद हबिब सिद्दिकी र मोहम्मद कादिर सिद्दिकी रहेका छन् । 

मोहम्मद हबिबको घरमा अवैध हुण्डी कारोबार भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगद सहित पक्राउ गरेको हो  । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।