एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित | Khabarhub Khabarhub

एसियन कप छनौटमा नेपाली यू-२० टिम उज्बेकिस्तानसँग ६-० ले पराजित


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एएफसी यू-२० एसियन कप छनौटमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

न्यू ताइपेइ सीटीस्थित, फू जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा बुधबार सम्पन्न खेलमा उज्बेकिस्तानले नेपाललाई ६-० गोल अन्तरले पराजित गरेको हो ।  नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल खाएको थियो ।

समूह बीमा यो जितपछि उज्बेकिस्तानको २ खेलमा ६ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेपालले भने ३ खेलमा तीन अंक जोडेको छ ।

अघिल्लो खेलमा उज्बेकिस्तानले कम्बोडियालाई ७-० को फराकिलो अन्तरले हराएको थियो । त्यस्तै नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो ।

अब नेपालले शुक्रबार बहराइनसँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  २ : ५३ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको