हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनामा उद्घाटन गरिने « Khabarhub

हिमालयन इन्टरनेशनल एक्स्पो हुँदै, घटस्थापनामा उद्घाटन गरिने


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग गर्ने उद्देश्यले काठमाडौंमा ‘हिमालयन इन्टरनेशनल एक्स्पो हुने भएको छ ।
भृकुटीमण्डपमा असोज १७-१९ गतेसम्म एक्स्पोको तेस्रो संस्करण हुन लागेको हो ।

एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भुँइकटहर लगायत प्राकृतिक रेशाबाट बनेका कपडासहितका व्यापारिक कक्ष राखिने अध्यक्ष कपिल अधिकारीले बताए ।

यस्तै, भक्तपुरको प्याला, राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, जैविक स्रोतका शृङ्गारका सामाग्री र महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री पनि रहने उनले बताए ।

अधिकारीका अनुसार पश्मिना, स्टोन, माला, क्युरियाको सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेण्डमेड पेपरहरू, पेपर प्याकेजहरू, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगबाट उत्पादित वस्तु, जडीबुटी, सजावटका सामान र पर्यटन उद्योगसँग सम्बन्धित सेवा एक्स्पोमा उपलब्ध हुनेछन् ।

नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धितर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्‍याउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने पनि आयोजकले जनाएको छ ।

नेपाल हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ ।

नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिका, क्यानडा, बेलायतलगायत देशमा पनि हरेक वर्ष एक्स्पो हुने गरेको छ ।

केही महिनाअघि मात्रै संयुक्त राज्य अमेरिकामा एक्स्पो सम्पन्न भइसकेको छ । असोजमा नेपालमा एक्स्पो आयोजना गर्ने र त्यसपछि अन्य मुलुकमा पनि हस्तकला एक्स्पो आयोजना हुने आयोजकले जनाएको छ ।

बीटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गर्छन् ।

हिमालयन एक्स्पोको उद्देश्य भनेको हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु नै हो । एक्स्पोको उद्देश्य हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु हो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ०७ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट