फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले लिए फुटबलबाट सन्यास  « Khabarhub

फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले लिए फुटबलबाट सन्यास 


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ।

भेरान हाल सिरी ए क्लब कोमोमा आवद्ध थिए । यस सिजनको शुरुमा फ्री-ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आवद्ध भएका भेरानले एक खेल खलेर घाइते भएका थिए । उनी लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उनलाई सिरी ए मा दर्ता समेत गरेको थिएन । लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गरेका छन् ।

भेरान फ्रान्सको राष्ट्रिय राष्ट्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिएका थिए ।

२०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जितेका छन् । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ३५ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने