फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले लिए फुटबलबाट सन्यास  | Khabarhub Khabarhub

फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले लिए फुटबलबाट सन्यास 


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फ्रान्सका सेन्ट्रल ब्याक राफेल भेरानले फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय स्टार खेलाडीले लगातारको इन्जूरीपछि सन्यासको निर्णय गरेका हुन् ।

भेरान हाल सिरी ए क्लब कोमोमा आवद्ध थिए । यस सिजनको शुरुमा फ्री-ट्रान्सफरमा म्यानचेस्टर युनाइटेड छोडेर कोमोमा आवद्ध भएका भेरानले एक खेल खलेर घाइते भएका थिए । उनी लामो समय इन्जुरी हुने निश्चित भएपछि कोमोले उनलाई सिरी ए मा दर्ता समेत गरेको थिएन । लामो इन्जुरी हुने भएपछि भेरानले सन्यासको घोषणा गरेका छन् ।

भेरान फ्रान्सको राष्ट्रिय राष्ट्रिय टिमबाट भने २०२३ को फेब्रुअरीमै सन्यास लिएका थिए ।

२०११ देखि २०२१ सम्म रियल म्याड्रिडबाट खेलेका भेरानले चार च्याम्पियन्स लिग जितेका छन् । भेरान फ्रान्सले २०१८ को विश्वकप र २०२२ मा विश्वकपको उपविजेता टिमका महत्वपूर्ण सदस्य थिए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ३५ बजे

अमेरिकाले हुती विद्रोहीको अखडामा गर्‍यो हवाई आक्रमण

साना- अमेरिकी सेनाले यमनको राजधानी सनास्थित हुती विद्रोहीको अखडामा हवाई

यू-१९ एसिया कप : बंगलादेशलाई ४१ रनले हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं- यू-१९ एसिया कप क्रिकेट प्रतियोगिता भारतीय महिला टोलीले जितेको

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य तोलामा १

पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

चितवन– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ

रविलाई मुद्दा दर्ताका लागि कास्की अदालत लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि