लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारिसाधन | Khabarhub Khabarhub

लिलाम नहुँदा सर्लाही भन्सारमै थन्किए सवारिसाधन


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा– समयमै लिलाम नहुँदा करोडौँ मूल्य बराबरका सवारिसाधन सर्लाही भन्सार कार्यालयमा थन्किएका छन् । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा दाखिला गरेका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारिसाधन सवारीसाधनका काम नलाग्ने गरी बिग्रिन थालेका हुन् । 

भन्सार कार्यालयको पार्किङ क्षेत्रमा खुला आकासमुनि वर्षौँदेखि राखिएका सवारी साधनमाथि झारपात पलाएको छ । सर्लाही जिल्लाका विभिन्न क्षेत्रबाट चोरी–पैठारी, भारतीय नम्बरको गाडीमा नेपाली नम्बर राखेका लगायतका सवारिसाधन सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।

भन्सार कार्यालयमा बुझाइएका अधिकांश सवारिसाधन भारतबाट अवैध रुपमा चोरी तस्करीका सर–समान ढुवानी गर्ने सवारी छन् । गाडीमध्ये सबैभन्दा बढी भन्सार प्रक्रिया पूरा नगरेका भारतीय नम्बरका मोटरसाइकल छन् । यस्तै भन्सार शुल्क नतिरी विभिन्न सामान चोरीपैठारी गरिरहेका अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिइएका नेपाली गाडी पनि भन्सार कार्यालयको पार्किङमा राखिएका छन् । 

सुरक्षाकर्मीले चालु अवस्थामा भन्सार कार्यालय बुझाएका सवारिसाधन अहिले कामै नलाग्ने स्थितिमा पुगेको बताइएको छ  । भन्सार कार्यालयमा थन्किएर रहेका सवारीसाधनलाई छठ पर्वलगत्तै लिलामी प्रक्रिया अगाडि बढाउने सर्लाही भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत डम्बरबहादुर बस्नेतले जानकारी दिए। 

गत  आर्थिक वर्षको जेठतिर पाँच सय सवारिसाधन लिलामी गरिएको जनाउँदै उनले मुद्दा टुङ्गो लागिसकेका सवारी साधनलाई चाँडै लिलामी प्रक्रिया अगाडि बढाउने बताए। भन्सार कार्यालयको पार्किङ (यार्ड) क्षेत्रमा राखिएको सवारीसाधनको सुरक्षाका लागि ट्रस्ट निर्माणको लागि विभागसँग रकम माग गरेका थियौँ तर पैसा नआएका कारण ट्रस्ट निर्माण हुन नसकेको उनले जानकारी गराए। 

‘यातायात कार्यालयको इञ्जिनीयरले सबै गाडी हेरिसकेपछि यसको प्रतिवेदन तयार गरिने छ’, उनले भने, ‘प्रतिवेदन प्राप्त गरेपछि मूल्यांकन समितिले मूल्य निर्धारण गरेर लिलामको सूचना निकाल्ने तयारी छ ।’

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ३ : ५३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित