चन्द्रपुरमा अवैध सालको काठ बरामद « Khabarhub

चन्द्रपुरमा अवैध सालको काठ बरामद


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

रौतहट– पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको गस्ती टोलीले चन्द्रपुर ४ जंगल टोल स्थित अवैध रुपमा जंगलबाट चोरी निकासी गरी ४ वटा साइकलमा १२ वटा सालको फल्ली  ल्याउँदै गरेको अवस्थामा बरामद गरेको हो ।

प्रहरीको गाडी मोबाइल टोलीलाई देखी साइकल र काठ छाडी मानिसहरू फरार भएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताएका छन् ।

बरामद २० क्युफिट भन्दा बढी काठ र साइकल नियन्त्रणमा मानिसहरू खोजी तथा थप बुझ्ने कार्य भइरहेको र काठ ,साईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ४ : ४७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको