अन्तर्राष्ट्रिय

पाकिस्तानमा यो वर्ष पोलियो खोप अभियानमा सहभागी १७ स्वास्थ्यकर्मीको मृत्यु

By खबरहब

September 25, 2024

काठमाडौँ– पाकिस्तानमा यो वर्ष पोलियो विरुद्धको खोप अभियानमा सहभागी १७ जना स्वास्थ्यकर्मीको हत्या भएको छ। पाकिस्तानले मुलुकबाट पोलियो रोग निर्मूल पार्ने प्रयासलाई तीव्रता दिइरहेका बेला यस्तो तथ्य बाहिरिएको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार खासगरी खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा स्वास्थ्यकर्मीविरुद्ध आक्रमण भएका छन् । ती क्षेत्रमा सक्रिय लडाकुले बालबालिकालाई पोलियोबाट जोगाउन सक्रिय स्वास्थ्यकर्मीलाई निशाना बनाउने गरेका छन् ।

सन् २०१२ यता लडाकुको आक्रमणमा परि हालसम्म पोलियोविरुद्धको खोप अभियानमा सहभागी १ सय २६ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ । 

पोलियो खोप अभियान कर्मीमाथि हुने यस्ता आक्रमणका घटनाबाट पाकिस्तानी स्वास्थ्यकर्मीमा भयको वातावरण सिर्जना भएको छ ।