भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै « Khabarhub

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको पञ्जाब प्रान्तमा लागूऔषधको प्रकोप बढ्दै गएको पाइएको छ । खासगरी पाकिस्तानी सीमाबाट चालकरहित हवाइ उपकरण (ड्रोन) को प्रयोग गरी भारततर्फ हुने तस्करीका कारण लागूऔषधको प्रकोप बढ्न थालेको अधिकारीहरू बताउँछन् ।

पाकिस्तानी सीमाबाट मुख्यगरी हेरोइन जस्ता घातक लागूऔषध भारततर्फ तस्करी हुने गरेको छ । पछिल्लो ६ महिनायता मात्रै पाकिस्तानसँगको सीमा क्षेत्रमा पर्ने पञ्जाबका गाउँमा १ सयभन्दा धेरै ड्रोन बरामद भइसकेको छ ।

अघिल्लो वर्षभरी ती ठाउँमा १ सय ७ जति ड्रोन बरामद भएको थियो । पछिल्लो समय ती ड्रोनबाट हुने लागूऔषध तस्करीको क्षमता पनि बढ्दै गएको बताइएको छ ।

कतिपय अवस्थामा एउटै ड्रोनबाट १५ किलोसम्म लागूऔषधको तस्करी हुने गरेको जनाइएको छ । यस्तो तस्करीमा पाकिस्तानी राज्य संयन्त्रको पनि संलग्नता रहेको भारतीय अधिकारीहरू बताउँछन् ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ४२ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको