जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता « Khabarhub

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु राई (जीबी) सहितविरुद्ध जिल्ला अदालतल चितवनमा मुद्दा दर्ता भएको छ ।

चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा जीबीसहितसहित १७ जनाविरुद्ध ठगीको मुद्दा दर्ता भएको हो ।

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष राईसहित, सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशीष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

राई फरार भएर मलेसियामा लुकेको अनुमान छ । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत ‘रेड नोटिस’जारी गरिएको छ ।

उनी मलेसियामा रहेको खुलेको छ । तर त्यहाँको प्रहरीले पक्राउ गरेर नेपाल फर्काउन चाहेको छैन । नेपाल प्रहरीको टोली गत भदौ ७ देखि १७ गतेसम्म मलेसिया गएर खोज्दा पनि उनलाई नेपाल ल्याउन सकेन ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्षसहित जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको हो ।
प्रतिवादीबाट बिगो असुलउपरका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको पनि मागदाबी गरिएको छ ।

सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको थियो ।
त्यसैगरी गोर्खा मिडिया नेट्वर्कमा गएको रकमका हकमा अनुसन्धान बाँकी रहेकाले पूरक अभियोजन लैजाने बाटो राखिएको छ ।

‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ,’ अभियोग पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ४३ बजे

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन

‘टनेल २६’ को आम्दानीको २५ प्रतिशत विपद् कोषमा, गृहमन्त्री गुरुङले गरे प्रशंसा

काठमाडौं– असोज २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘टनेल २६