जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता « Khabarhub

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु राई (जीबी) सहितविरुद्ध जिल्ला अदालतल चितवनमा मुद्दा दर्ता भएको छ ।

चितवनस्थित साहारा बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा जीबीसहितसहित १७ जनाविरुद्ध ठगीको मुद्दा दर्ता भएको हो ।

प्रतिवादीमा सहकारीका संस्थापक अध्यक्ष राईसहित, सागर केसी, हेमन्त राई, भूपेन्द्र राई, आशीष आनन्द, अनन्तबाबु राई, छत्रमणि भट्टराई, देवेन्द्रबाबु राई, दिनेश रोका, तीर्थराज लामिछाने, मनोज गुरुङ, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, कुमार रम्तेल, वीरबहादुर रानाभाट, शरण विश्वकर्मा र थानबहादुर बुढामगर छन् ।

राई फरार भएर मलेसियामा लुकेको अनुमान छ । उनलाई पक्राउ गर्न प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) मार्फत ‘रेड नोटिस’जारी गरिएको छ ।

उनी मलेसियामा रहेको खुलेको छ । तर त्यहाँको प्रहरीले पक्राउ गरेर नेपाल फर्काउन चाहेको छैन । नेपाल प्रहरीको टोली गत भदौ ७ देखि १७ गतेसम्म मलेसिया गएर खोज्दा पनि उनलाई नेपाल ल्याउन सकेन ।

४ सय ४६ बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५ सय ४६ रुपैयाँ अपचलन भएको निष्कर्षसहित जिल्ला अदालत चितवनमा मुद्दा दायर गरिएको हो ।
प्रतिवादीबाट बिगो असुलउपरका साथै मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ को ठगी गर्न नहुने कसुरको मुद्दामा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको पनि मागदाबी गरिएको छ ।

सहकारीसम्बन्धी विशेष संसदीय छानबिन समितिले विभिन्न सहकारी ठगीमा जीबीको संलग्नता रहेको निष्कर्ष निकाल्दै कारबाहीको सिफारिस गरेको थियो ।
त्यसैगरी गोर्खा मिडिया नेट्वर्कमा गएको रकमका हकमा अनुसन्धान बाँकी रहेकाले पूरक अभियोजन लैजाने बाटो राखिएको छ ।

‘साहारा सहकारीबाट गोरखा मिडियाको ग्लोबल आईएमई बैंकको खातामा जम्मा भएको रकममध्ये ४७ करोड रुपैयाँ बराबर कारोबार के–कसरी को–कोसँग भएको हो, त्यसको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले उक्त कम्पनीको वर्तमान अवस्था, पदाधिकारी, सञ्चालक समिति लगायत बारे थप अनुसन्धान गर्नुपर्ने देखिन आयो । जसका कारण पूरक अनुसन्धान गरी पूरक अभियोजन पेस गरिने बेहोरा जानकारी गराइन्छ,’ अभियोग पत्रमा भनिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ४३ बजे

दिल्लीमा प्रचण्डले भने- भारत आउनुको मेरो उद्देश्य पूरा भयो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको

केपी ओलीतिर लक्षित गर्दै रविले भने : अपदस्थ भएकाहरूलाई गाली गरेर अब समय बर्बाद नगरौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब पुराना दल

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

कैलाली– लम्कीचुहा नगरपालिका-१ लम्की चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

एमालेको सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाएको