एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र « Khabarhub

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको छ । भारतको स्टेट बैंक अफ इण्डिया (एसबीआई) ले मालदिभ्सको ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेर सहयोगको हात अघि बढाएको हो ।

मालदिभ्सबाट प्रकाशित हुने इट्रुथका अनुसार बैंकले मालदिभ्सको अर्थ मन्त्रालयले जारी गरेको ऋणपत्र खरिद गरेको हो । यसअघि गत मे महिनामा पनि एसबीआईले ५ करोड डलर बराबरको सरकारी ऋणपत्र खरिद गरेको थियो ।

मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउनका लागि मालदिभ्स सरकारको विशेष आग्रहमा एसबीआईले ऋणपत्र खरिद गरेको जनाइएको छ । पछिल्ला केही वर्षयता मालदिभ्सको अर्थतन्त्रले एकपछि अर्को चुनौतीको सामना गरिरहेको इट्रुथले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ६ : ५५ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई