आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह | Khabarhub Khabarhub

आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न बेलायतको आग्रह


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको आक्रमणलाई तिब्र बनाएपछि बेलायतले आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ ।

बेलायतका प्रधानमन्त्री केयर स्टाररले बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै आफ्ना नागरिकलाई लेबनान छोड्न अपिल गरेका छन् ।

साथै बेलायतको रक्षा मन्त्रालयले लेबनानबाट बेलायती नागरिकलाई बाहिर निकाल्न ७०० सैनिकको फौज पठाउने भएको छ । बेलायती सरकारले पनि नागरिकलाई लेबनान नजान सल्लाह दिएको छ । हाल करिब १० हजार बेलायती नागरिक लेबनानमा बस्दै आएका छन् ।

अष्ट्रेलिया, क्यानडा, फ्रान्स, जापान, साउदी अरेबिया, दक्षिण कोरिया र अमेरिकालगायत धेरै देशले पनि आफ्ना नागरिकहरूलाई लेबनान छोड्न आग्रह गरेका छन् ।

इजरायलका अनुसार बुधबार हिजबुल्लाहले तेल अवीवतर्फ ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो, जसलाई रोक्न इजरायल सफल भएको थियो । हिजबुल्लाहले उत्तरी इजरायलमा दर्जनौं मिसाइल प्रहार गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : १५ बजे

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने