साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समुह बी मा तेस्रो हुदै बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ५९ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै