साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार समुह चरणको अन्तिम खेलमा नेपालले घरेलु टिम भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले १-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गर्दै जित हासिल गरेको हो ।

नेपालको जितमा खेलको ५६औं मिनेटमा कृष्णबहादुर आलेले र खेलको ८४औ मिनेटमा सुजल डंगोलले एक एक गोल गरेका थिए । यसअघि भुटानले खेलको ४३औं मिनेटमा योन्टेन थारचेनको गोलले अग्रता लिएको थियो ।

यो जितपछि समुह बी बाट नेपाल उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । समुह बी बाट पाकिस्तान विजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै भुटान भने समुह बी मा तेस्रो हुदै बाहिरिएको छ ।

अब सेमिफाइनलमा नेपालले भारतको सामना गर्ने छ भने पाकिस्तानले बंगलादेशको सामना गर्ने छ । सेमिफाइनल खेल शनिबार हुने छ ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ८ : ५९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार