सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा « Khabarhub

सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्छ : सभापति देउवा


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाली कांग्रेस पर्सा कार्यालयको आज यहाँ समुद्घाटन गर्दै उनले सम्पूर्ण जातजाति, आदिवासी, मधेसी, महिला, थारु र मुस्लिमलगायत सबै समुदाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

“सबै जातजाति, धर्म, संस्कृतिलाई मिलाएर अघि बढ्नु आजको आवश्यकता हो”, सभापति देउवाले भने, “यो कामका लागि नेपाली कांग्रेसले नेतृत्व लिएर अघि बढ्नुपर्दछ । मलाई विश्वास छ । यो जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्नेछौँ ।”

कांग्रेसका सभापति देउवाले फरक प्रसङ्गमा पर्सा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध निकै गहिरो रहेको स्मरण गरे । “पर्सा जिल्ला एउटा यस्तो ऐतिहासिक जिल्ला हो । विसं २००७ को क्रान्ति यही ठाउँबाट सुरु भएको हो । थिरबम मल्ल सहिद भएको पनि पर्सा जिल्लामा नै हो”, उनले भने, “वास्तवमा भन्ने हो भने म सुदूरपश्चिमबाट काठमाडौँ आउँदाखेरी यही जिल्ला हुँदै आएको पनि छु । सुदूरपश्चिमबाट भारतीय रेल चढेर सुगौली हुँदै पर्सा आइपुगेको थिए । पर्सा जिल्लाबाट फेरि बस चढेर काठमाडौँ गएको व्यक्ति पनि हुँ ।”

कांग्रेस सभापति देउवाले विद्यार्थी सङ्घको अधिवेशन गराउन पर्सा आउँदाखेरी यहाँको जेलमासमेत बस्नुपरेको स्मरण गरे । “नेपाल विद्यार्थी सङ्घको अधिवेशन गराउन आउँदा जेलसमेत परेको थिए । यो जिल्ला मेरा निम्ति पनि निकै महत्त्वपूर्ण छ । यो जिल्लाको विकास र समृद्धिको लागि सबै साथीहरू एकताबद्ध भएर अघि बढ्नुहोला”, उनले भने, “यो जिल्लाको विकास र समृद्धिका लागि मेरोतर्फबाट गर्न सकिने सबै खालका सहयोग गर्न तयार छु ।”

कांग्रेस सभापति देउवाले पर्साका स्वर्गीय आत्मराज ओझा र दुखा सहनीको धेरै ठूलो त्याग र तपस्या रहेको पनि स्मरण गरे । ‘‘उहाँहरुको योगदान र तपस्या निकै ठूलो छ । उहाँहरूकै स्मृतिमा भवन निर्माण गर्नु पक्कै पनि राम्रो कार्य हो”, उनले भने।

कांग्रेस सभापति देउवाले विगतको तुलनामा अहिले सडक र बाटाघाटाको निर्माणमा कनेक्टिभिटिमा पनि सहज भएको बताए । “नेपालमा यातायातको साधनको पहुँच वृद्धि भएसँगै एउटा जिल्लाबाट अर्को जिल्ला मात्रै नभएर एउटा क्षेत्रबाट अर्को क्षेत्रमा पनि जान पनि सहज भएको छ”, उनले भने, “पहिला जस्तो सीमित सडक छैन । अहिले यहाँबाटै पूर्वमा झापा र सुदूरपश्चिमको महेन्द्रनगरसमेत जान सकिने अवस्था भइसकेको छ ।”

नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका वडा नं २४ मा निर्माण गरेको आत्मराम ओझा, दुख सहनी स्मृति भवनको उद्घाटन गरिएको हो । सोही भवनमा पार्टी कार्यालय सञ्चालन गरिनेछ । नेपाली कांग्रेस पर्साकाअनुसार सो भवन रु एक करोड २९ लाख लागतमा निर्माण गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : ५० बजे

व्यासद्वारा ५२ गर्भवतीलाई पोषणभत्ता उपलब्ध

दमौली– व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ जना गर्भवतीलाई पोषणभत्ता

किन दोहोरिन्छ बिरामीको मृत्युपछि अस्पतालमा आक्रमण ?

काठमाडौं- यही वैशाख १३ गते उपचारका क्रममा बाँकेको वैजनाथ गाउँपालिकाकी

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, आर्थिक साझेदारीबारे छलफल

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य

३८० वर्ष पुरानो ‘माण्डव्य ऋषिको रथयात्रा’

तानसेन– तानसेन नगरपालिका–९ दमकडामा ३८० वर्ष पुरानो माण्डव्य ऋषिको रथयात्रा

पेस्तोल र लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन