राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड « Khabarhub

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न खेल र सांस्कृतिक क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

अखिल नेपाल चेस एशोसियसनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए ।

“मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भने, “खेलकुद राष्ट्रियता प्रवर्द्धन, विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजान माध्यम हो ।”

आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारका रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरेको र त्यसमा सरकारका तर्फबाट सहयोग गरेको उनले स्मरण गराए । खेल र संस्कृति यी दुवै क्षेत्र राष्ट्रियता प्रवर्द्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्त्वपूर्ण क्षेत्र भएको उनले स्पष्ट गरे ।

खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उनले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताए । जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताले खाली समय व्यतित गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले अहिले चेसको विकास गर्ने अभियानमा पूर्वजनमुक्ति सेनाको नेतृत्वदायी भूमिका रहेको देख्दा खुसी लागेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : १५ बजे

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकका लागि ३० प्रतिशत छुट 

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू

सिजीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

काठमाडौं– सिजी ब्रान्डले आफ्नो ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ #लेवलअप!उईथसिजी उपहार योजनाअन्तर्गत

झापामा आगलागी हुँदा एक करोड ३० लाख रुपैयाँको क्षति

बनियानी– झापाको दमक नगरपालिका-९ स्थित एउटा थुप्पा उद्योग र एउटा घरमा

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख

फिल्म ‘आबाट आमा’को गीत ‘लैजा खबर ए हावा’ नेवारी भर्सनमा सार्वजनिक

काठमाडौं – आगामी माघ १६ बाट प्रदर्शनमा आउन लागेको फिल्म