राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड « Khabarhub

राष्ट्रिय एकता प्रवर्द्धनमा खेल क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रचण्ड


९ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्न खेल र सांस्कृतिक क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।

अखिल नेपाल चेस एशोसियसनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको ‘एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिता’को उद्घाटन गर्दै अध्यक्ष दाहालले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई आफूले उच्च महत्त्व दिँदै आएको बताए ।

“मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिलेसम्म राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिमा विशेष ध्यान दिँदै आएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भने, “खेलकुद राष्ट्रियता प्रवर्द्धन, विकास र समृद्धिको यात्रा सुरु गर्ने, अनुशासन र मर्यादा कायम गर्दै समाजलाई रुपान्तरणको दिशामा लैजान माध्यम हो ।”

आफूले संस्कृतिलाई राष्ट्रिय एकताको आधारका रुपमा लिएर नै पहिलो प्रधानमन्त्री हुँदा अक्षयकोष स्थापना गरेको र त्यसमा सरकारका तर्फबाट सहयोग गरेको उनले स्मरण गराए । खेल र संस्कृति यी दुवै क्षेत्र राष्ट्रियता प्रवर्द्धन, जनताको अनुसशासन र समाजको मर्यादा स्थापित गर्न महत्त्वपूर्ण क्षेत्र भएको उनले स्पष्ट गरे ।

खेलका विभिन्न विधाअन्तर्गत चेस पनि स्थापित बन्दै गएको उल्लेख गर्दै उनले यसबाट समय व्यवस्थापन र मानसिक तन्दुरुस्तीमा सहयोग पुग्ने बताए । जनयुद्धकालमा जनमुक्ति सेना र पूर्णकालीन कार्यकर्ताले खाली समय व्यतित गर्दै मानसिक तन्दुरुस्तीका लागि चेस खेललाई प्रयोग गर्ने गरेको स्मरण गर्दै अध्यक्ष दाहालले अहिले चेसको विकास गर्ने अभियानमा पूर्वजनमुक्ति सेनाको नेतृत्वदायी भूमिका रहेको देख्दा खुसी लागेको बताए ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  १० : १५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट