भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द « Khabarhub

भारतमा चक्रवाती आँधी : ३०० उडान र ५५० भन्दा बढी रेल रद्द


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतमा चक्रवाती आँधी ‘दाना’ को असर देखिन थालेको छ । यस अघि बिहीबार पश्चिम बंगाल र ओडिशा राज्यमा यसको असर बढी देखिने चेतावनी भारतको मौसम विभागले दिएको थियो । 

ओडीसहाको तटमा ठुलो बर्षासहित आँधी आएको छ । आँधी र तुफानको चपेटामा आएका तीन डुंगा पल्टिँदा १६ जना माछुवर बेपत्ता भएको मिडिया रिपोर्टमा उल्लेख छ । 

अहिलेसम्म भारतमा दाना आँधीका कारण ३०० उडान रद्द गरिएको र ५५० भन्दा बढी रेल रद्द गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।  त्यस्तै कोलकोता र भुवनेश्वरका विमानस्थल १५ घण्टाका लागि बन्द गरिएको बताइएको छ । 

सरकारले दाना आँधीले गर्ने सम्भावित क्षतिपछिको राहत र उद्धारका लागि २८८ टिम तैनाथ गरेको बताएको छ । भारतीय मौसम विज्ञान विभागको आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । 

जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।

त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ८ : ३४ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर