‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’  « Khabarhub

‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’ 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान महत्वपूर्ण भएको बताएका छन् ।

इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको निम्ति अभियान मार्फत  युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिए।
उहाँले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव हुने बताए। 

उनले भने, ‘युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरूले चाहेमा जे कार्य पनि सम्भव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो । राजदूत लोरेन्जोले कार्यक्रममा  सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरूलाई इंकित गर्दै भने,’तपाँइहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र संवर्द्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।’

राजदूत लोरेन्जोले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गरे । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो औंल्याए । यदि नेपालले ग्रीन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ४२ बजे

जुम्लामा ९०४ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट गत आर्थिक

केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छ : मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यातायात कार्यालय नभएका जिल्लामा

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र

जसलाई पाता कस्नुपर्छ भनेकी थिइन्, उनीहरूकै दबाबमा गौरीकुमारीले गुमाइन् मन्त्री पद

काठमाडौं- ग्यास उद्योगीप्रति आक्रोश पोख्दै ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएको भोलिपल्टै

किमद्वारा विदेशी मोर्चामा खटिएका उत्तर कोरियाली सैनिकको प्रशंसा

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले देशको ७८औँ स्थापना दिवसका