'पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण'  | Khabarhub Khabarhub

‘पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण’ 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – नेपालका लागि युरोपेली सङ्घ (इयू) का राजदूत भेरोनिक लोरेन्जोले जलवायु परिवर्तन, पर्यावरण संरक्षण र दिगो विकासका लागि ग्रीनसिफ्ट परियोजनाको अभियान महत्वपूर्ण भएको बताएका छन् ।

इयूको सहयोगमा क्रिएसन नेपालद्धारा सञ्जालित ग्रीनसिफ्ट नेपाल परियोजनाको बिहिबार धुलिखेलमा सम्पन्न वार्षिक समीक्षा तथा अनुभव साझा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपालको निम्ति अभियान मार्फत  युवाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि बल गर्नुपर्नेमा जोड दिए।
उहाँले ग्रीनसिफ्ट अभियान आफ्नो मुटुको धेरै नजिक रहेको भावना व्यक्त गर्दै युवाहरुले चाहे हरेक परिवर्तन सम्भव हुने बताए। 

उनले भने, ‘युवाहरु परिवर्तनका संवाहक हुन्, उनीहरूले चाहेमा जे कार्य पनि सम्भव हुन्छ । यसको ज्वलन्त उदाहरण यही परियोजनाले एक वर्षमा प्राप्त गरेको उपलब्धि नै एक मानक हो । राजदूत लोरेन्जोले कार्यक्रममा  सहभागी भएका युवा विद्यार्थी र विद्यालयका शिक्षकहरूलाई इंकित गर्दै भने,’तपाँइहरु परिवर्तनका लागि आशाको केन्द्र हुनुहुन्छ, हाम्रो वातावरण संरक्षण र संवर्द्धनका लागि सबै मिलेर काम गर्न आह्वान गर्दछु ।’

राजदूत लोरेन्जोले फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको ढाँचा अनिवार्य लागू गरिनुपर्नेमा थप जोड दिनुपर्ने जिकिर गरे । नेपालका लागि चक्रीय अर्थतन्त्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यसबाट नेपालले फाइदा लिनुपर्ने खाँचो औंल्याए । यदि नेपालले ग्रीन इनर्जी (हरित ऊर्जा) को क्षेत्रमा गम्भीरतापूर्वक काम गरे क्षेत्रीय च्याम्पियन बन्न सक्ने विश्वास व्यक्त गरे ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ४२ बजे

प्रधानमन्त्रीलाई टिकटकरको सुझाव : अघिल्लो सरकारले जस्तो टिकटक बन्द नगर्नू

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई जना चर्चित टिकटकरले

पोखराको टाइगर माउन्टेनमा बेलायती राजकुमारको बास

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र उनकी

मकुना मृत्यु प्रकरणः सरकारद्वारा छानबिन समिति गठन

काठमाडौं – सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको

एक वर्षपछि प्रतिनिधिसभा बैठकमा उपस्थित भए सांसद नेम्बाङ

काठमाडौं – नेकपा एमालेका सांसद बसन्तकुमार नेम्बाङ एक वर्ष पछाडि

१२ करोड लगानीमा बुटवलमा दोस्रो सिद्धार्थ कटेज, अर्थमन्त्री कार्कीले गरे उद्घाटन

बुटवल – सिद्धार्थ हस्पिटालिटीले बुटवलको योगीकुटीमा निर्माण गरेको ‘सिद्धार्थ कटेज’को