दूधसँग भुलेर पनि नखानुहोस् यी खानेकुरा, स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर « Khabarhub

दूधसँग भुलेर पनि नखानुहोस् यी खानेकुरा, स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूध पौष्टिक हिसाबले भरिपूर्ण छ । बच्चादेखि वृद्धासम्म हरेक व्यक्तिका लागि दूधको सेवन लाभदायक छ । दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ ।

गाई भैँसीको दूध पनि बिरामीदेखि सबैका लागि सिफारिस गरिन्छ । तर, दूधका केही घाटाहरू पनि हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ दूधसँग अरू कुरा पनि एकसाथ खाँदा त्यसले स्वास्थ्यलाई असर गर्छ । कतिपय खानेकुरा दूधसँगै खाने गर्दा हाम्रो शरीरमा विषको काम गर्न सक्छ।

दूधसँग के-के कुरा खानु हुँदैन?

दूधसँग दही कहिल्यै पनि सेवन गर्न हुँदैन । यसले छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै मुला, माछा मासुजस्ता खानेकुरासँग पनि दूध पिउनु हुँदैन । यी चीज दूधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ ।

यसको प्रयोगले छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो । तातो चिसो एकै पटक शरीरले पचाउन सक्दैन र सेतो दाग आउन सक्छ । जसलाई हामीले दूधे भनेर पनि बुझ्न सक्छौँ । यस्तै कालो दालसँग पनि दूध सेवन गर्नु हुँदैन ।

त्यसै गरी दूधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । त्यति मात्र नभएर दूधसँग तिलको सेवन गर्नु पनि हानिकारक मानिन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ । दूधसँग कागती खानु पनि निकै हानिकारक हुन्छ ।

दूध पिउनुअघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईँ कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।

साथै कतिपय मानिसहरू खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैँमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ । यसै गरी आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नु हुँदैन । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ४५ बजे

अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको

सार्वजनिक लेखासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा समितिको बैठक आज

राष्ट्रियसभा बैठक बस्दै, बजेटमाथि उठेका प्रश्नमा मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

नवलपरासी– परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च

अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको