दूधसँग भुलेर पनि नखानुहोस् यी खानेकुरा, स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर « Khabarhub

दूधसँग भुलेर पनि नखानुहोस् यी खानेकुरा, स्वास्थ्यमा पर्नसक्छ गम्भीर असर


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


819
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दूध पौष्टिक हिसाबले भरिपूर्ण छ । बच्चादेखि वृद्धासम्म हरेक व्यक्तिका लागि दूधको सेवन लाभदायक छ । दैनिक एक ग्लास दूधको सेवन गर्दा शरीरलाई धेरै फाइदा हुन्छ ।

गाई भैँसीको दूध पनि बिरामीदेखि सबैका लागि सिफारिस गरिन्छ । तर, दूधका केही घाटाहरू पनि हुने विभिन्न अध्ययनहरूले देखाएका छन् । अझ दूधसँग अरू कुरा पनि एकसाथ खाँदा त्यसले स्वास्थ्यलाई असर गर्छ । कतिपय खानेकुरा दूधसँगै खाने गर्दा हाम्रो शरीरमा विषको काम गर्न सक्छ।

दूधसँग के-के कुरा खानु हुँदैन?

दूधसँग दही कहिल्यै पनि सेवन गर्न हुँदैन । यसले छालासम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यस्तै मुला, माछा मासुजस्ता खानेकुरासँग पनि दूध पिउनु हुँदैन । यी चीज दूधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ ।

यसको प्रयोगले छालामा समस्या देखिन सक्छ । माछा निकै गर्मी चीज हो । तातो चिसो एकै पटक शरीरले पचाउन सक्दैन र सेतो दाग आउन सक्छ । जसलाई हामीले दूधे भनेर पनि बुझ्न सक्छौँ । यस्तै कालो दालसँग पनि दूध सेवन गर्नु हुँदैन ।

त्यसै गरी दूधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ । त्यति मात्र नभएर दूधसँग तिलको सेवन गर्नु पनि हानिकारक मानिन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ । दूधसँग कागती खानु पनि निकै हानिकारक हुन्छ ।

दूध पिउनुअघि वा लगत्तै कहिल्यै पनि कुनै फलको सेवन गर्नु उचित मानिँदैन । दूधसँग सुन्तला, भुईँ कटहरजस्ता फलको सेवन गर्दा यसले स्वास्थ्यमा असर पुग्छ ।

साथै कतिपय मानिसहरू खाजामा दूधसँग ब्रेड बटर लिन्छन् तर दूध आफैँमा पूर्ण आहार हो । यी सबै चीज एकैसाथ सेवन गर्दा पेटमा भारीपनाको महसुस हुन्छ । यसै गरी आयुर्वेदको अनुसार प्रोटिन, कार्बोहाइड्रेट तथा अधिक मात्रामा फ्याट भएको वस्तुको सेवन एकैसाथ गर्नु हुँदैन । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १२ : ४५ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि