सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री « Khabarhub

सिस्नेरी पहिरोमा ६ किशोर फुटबलरको निधन : परिवारले एन्फाविरुद्ध गुहारे प्रधानमन्त्री


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली गुहारेका छन् ।

बाढी, पहिरोमा परी निधन भएका ६ फुटबलरका अभिभावकले प्रधानमन्त्री ओलीलाई शुक्रबार भेटेर घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित उक्त विद्यालयको होस्टेलका ६ जना किशोर फुटबलरको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलासहित प्रधानमन्त्री निवास, बालुवाटारमा पुगेका हुन् । भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा किशोर फुटबलरलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।

पीडित परिवारले मृतक किशोरहरूका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पनि आग्रह गरेका छन् ।

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दीपा बानियाँ र ललितबहादुर घलानले संयुक्त रुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाए ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाए ।

उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट पारेका छन् । भेटमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामा पनि थिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १ : २५ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६