मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ « Khabarhub

मोटरसाइकलमा लुकाएको चाँदीका गहनासहित भारतीय पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले लाखौं मूल्य बराबरको अबैध चाँदीको गहना र मोटरसाइकल सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद ८ असोगीका ६२ बर्षीय चन्देश्वर साह सोनार रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले शुक्रवार आज सार्वजनिक गरेका छन् ।

सीमावर्ती भारतीय बजार बैरगनिया बाट विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा बिहीबार साँझ आउँदै गरेका साहमाथि गौर भन्सार कार्यालय अगाडी शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा उनले मोटरसाइकलको ट्याङ्की मुनी प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको

७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना बरामद गरिएको प्रवक्ता रायले बताएका छन्। गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्याङ्कन सहित आज आरोपी साहलाई गहना मोटरसाइकल सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ०८ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल