दल दर्ताका लागि महतो निर्वाचन आयोगमा, चुनाव चिह्न माछा | Khabarhub Khabarhub

दल दर्ताका लागि महतो निर्वाचन आयोगमा, चुनाव चिह्न माछा


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार महतोले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ ।

निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन ।

अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका थिए ।

अब दल नै दर्ता गरेर अगाडि बढ्ने निष्कर्षमा उनी पुगेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : २८ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो