मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी  « Khabarhub

मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने प्रयासमा छु : मन्त्री अधिकारी 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने आफ्नो प्रयास रहेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कृषिमा लगानी दशक सान्दर्भिकता र निजी क्षेत्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममामा मन्त्री अधिकारीले कृषि क्षेत्रमा लागेकाहरूको सुझाव कार्यान्वयन गर्नका लागि आफ्नो सकारात्मक प्रयास हुने पनि  बताए ।

सरकारले कतिपय कृषि उपजहरूको आयातमा रोक लगाइएको भन्दै मन्त्री अधिकारीले कृषिमा अनुदान दुरुपयोग गर्ने लाई कारबाहीको दायरामा ल्याउन जरुरी छ भने । कृषिको विकासको लागि थप लगानी वृद्धि गर्न  जरुरी रहेको मन्त्री अधिकारीले बताए ।

मन्त्री अधिकारीले निजी  क्षेत्र सँग सहकार्य गर्न मन्त्रालय तयार रहेको र लगानी दशक सफल बनाउन निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई कृषिमा लगानी बढाउन आग्रह पनि गरे  ।

गरिबीबाट मुक्ति पाउनका लागि पनि प्रत्येक परिवार कम्तीमा  कृषिमा आत्मनिर्भर हुन जरुरी छ भन्दै मन्त्री अधिकारीले  पछिल्लो समय कृषि कर्म गर्नेहरूको संख्या घट्नु चिन्ताको विषय  भएको  बताए ।

मन्त्री अधिकारीले आफ्नो ध्यान कृषि कर्मगर्नेहरुलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको बताए । कृषिमा सहज लगानीको वातावरण बनाउन अवयस्क रहेको भन्दै मन्त्री अधिकारीले लगानी दशक सफल बनाउन यो अनिवार्य सर्त हुनेमा जोड दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : ५५ बजे

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी