गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै  « Khabarhub

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा गैर आवासीय नेपाली संघले कार्तिक ११ र १२ गते एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रूपान्तरण र एकताःश्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कन्क्लेभमा ७ वटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ ।

कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैर आवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव लगायतका विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।

त्यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा लगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुने छ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए  ।

उनले नेपालमा जुनसुकै विपद् पर्दा संघले साथ र सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए  । संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको जिकिर गरे  ।

उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।

उनले एक वर्ष अघिसम्म १ खर्बभन्दा बढी गैर आवासीय नेपालीको लगानी नेपालमा रहेको र अहिले लगानीको थप वातावरण हुँदै गएकाले थप लगानी बढ्ने उल्लेख गरे  ।

त्यस्तै ग्लोबल कन्क्लेभका क्रममा १० अर्बको एनआरएन डेभलप्मेन्ट फन्डको सञ्चालनका लागि भइरहेको तयारीबारे सरकारका प्रतिनिधिसँग पनि छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : १२ बजे

भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको विवरण सङ्कलन सुरु

बैतडी– भूमि समस्या समाधान आयोगका जिल्ला समितिहरु पुनः सक्रिय भएका

रसुवागढी भन्सार : धमाधम सरसामान तथा सवारीसाधन आयात

रसुवा– रसुवागढी नाका पुनः सञ्चालनमा आएसँगै विद्युतीय सवारीसाधन आयात हुन

तरबुजाखेतीमा किसानलाई आकर्षित गर्दै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिकाले किसानलाई तरबुजाखेतीतर्फ आकर्षित गर्न अनुदानलगायतका कार्यक्रम अघि

बैतडीमा पाँच मतदान केन्द्र थपिए

बैतडी– बैतडीमा पाँचवटा मतदान केन्द्र थपिएका छन् । आगामी फागुन

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट