गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै  « Khabarhub

गैरआवासीय नेपाली संघले ग्लोबल कन्क्लेभ आयोजना गर्दै 


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा गैर आवासीय नेपाली संघले कार्तिक ११ र १२ गते एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ आयोजना गर्ने भएको छ ।

संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रूपान्तरण र एकताःश्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने नाराका साथ काठमाडौंमा एनआरएन ग्लोबल कन्क्लेभ आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कन्क्लेभमा ७ वटा प्लेनरी सत्र रहने र स्वदेश तथा विदेशका पाँच सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहने संघले जनाएको छ ।

कन्क्लेभको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैर आवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव लगायतका विषयमा छलफल हुने अध्यक्ष बद्री केसीले जानकारी दिए ।

त्यस्तै दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा लगायतमा संघको भूमिका लगायतका विषयमा छलफल हुने छ । संघका अध्यक्ष केसीले जलवायु परिवर्तनले देखिएको विनासका कारणका बारेमा छुट्टै सेसनमा छलफल हुने जानकारी दिए  ।

उनले नेपालमा जुनसुकै विपद् पर्दा संघले साथ र सहयोग गरेको भन्दै हालैको बाढिपहिरोपछि पनि ४४ भन्दा बढी जिल्लामा ९५ लाख बराबरको राहत बाँडेको बताए  । संघमा लोकतान्त्रिक मूल्यमान्यता अनुसार भएको निर्वाचनको परिणाम चित्त नबुझाएर सडकबाटै आफूलाई अध्यक्ष घोषणा गरेको देखिएको भन्दै अध्यक्ष केसीले वैधानिक निकासका लागि संघ तयार रहेको जिकिर गरे  ।

उनले संस्था सञ्चालन गर्ने विधानमा समस्या देखिए आवश्यकताअनुसार परिमार्जन गर्न तयार रहेको धारणा राखे ।

उनले एक वर्ष अघिसम्म १ खर्बभन्दा बढी गैर आवासीय नेपालीको लगानी नेपालमा रहेको र अहिले लगानीको थप वातावरण हुँदै गएकाले थप लगानी बढ्ने उल्लेख गरे  ।

त्यस्तै ग्लोबल कन्क्लेभका क्रममा १० अर्बको एनआरएन डेभलप्मेन्ट फन्डको सञ्चालनका लागि भइरहेको तयारीबारे सरकारका प्रतिनिधिसँग पनि छलफल हुने आयोजकले जनाएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ४ : १२ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ