तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन « Khabarhub

तुलसीपुर उपमहानगरपालिकाद्वारा ६ करोड राजश्व सङ्कलन


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा ६ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

चालु आवको साउन, भदौ र असोजमा सो परिमाणको राजश्व सङ्कलन गर्न सफल भएको उपमहानगरपालिकाका राजश्व शाखा प्रमुख पुष्पलता घर्तीले जानकारी दिइन् । उनका अनुसार आव २०८०/८१ मा सो अवधिमा तीन  करोड ५० लाख रुपैयाँ राजश्व सङ्कलन भएको थियो ।

‘चालु आवमा विगत वर्षभन्दा राजश्व वृद्धि हुने अनुमान गरिएको छ’, प्रमुख घर्तीले बताइन् । राजश्व चुहावट रोक्नुका साथै सरसफाइ, व्यवसायलगायतमा कर लिन थालिएकाले राजश्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ ।

उल्लेख्य रूपमा राजश्व सङ्कलन भएको छ ।

चालु आवमा ५० करोड रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य रहेको प्रमुख घर्तीले बताइन् । गत आवमा ३६ करोड रुपैयाँ राजश्व सङ्कलन भएको थियो । चुहावट रोक्ने तथा करको दायरा फराकिलो बनाउनेतर्फ उपमहानगरपालिकाले जोड दिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ३० बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर