अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट काठमाडौंमा सुरु « Khabarhub

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आजबाट काठमाडौंमा सुरु


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विभिन्‍न १५ देशका वैज्ञानिकहरूको सहभागितामा कात्तिक ९ देखि तीन अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजना तथा त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पस र सुदूरपश्चिम विश्वविद्यालयको सह आयोजनामा सुरु भएको सम्मेलनमा विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल हुने भएको छ।

सम्मेलनको समुद्घाटन गर्दै शिक्षामन्त्री विद्या भट्टराईले विज्ञानलाई नेपाली समाजसँग बुझाउने गरी काम गर्नुपर्नेमा जोड दिएकी छन् । उनले भनिन्, ‘आज विश्व एआईमा प्रतिस्पर्धा गरिरहेको छ र हामी उनीहरूले उत्पादन गरेका कुराहरूलाई उपभोग मात्रै गरिरहने हो भने नेपाली समाज अघि बढ्न सक्दैन। विज्ञानलाई जीवनसँग जोड्ने गरी काम गर्न आवश्यक छ ।’

विज्ञानलाई व्यवहारमा लागु गर्ने गरी काम गर्न आवश्यक रहेकोसमेत मन्त्री भट्टराईले बताएकी छन्। मन्त्री भट्टराईले थपिन, ‘यस्ता सम्मेलनबाट निकालेका निष्कर्ष र प्रतिबद्धताहरूलाई नेपाली समुदाय र अन्तर्राष्ट्रियस्तरसम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान दिन आवश्यक छ । विज्ञानलाई हाम्रो समाजसँग जोड्न आवश्यक छ ।’

चीनबाट आएका प्रा. बिङ डिङले नेपालको शैक्षिक संस्थाको प्रशंसा गर्दै भने, “हामी मिलेर ग्राउन्डब्रेकिङ रिसर्चका लागि बाटो बनाउन सक्छौँ।” मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवप्रसाद गौतमले सम्मेलनलाई ज्ञान आदानप्रदानका लागि महत्त्वपूर्ण मञ्चका रूपमा उपयोग गरिने जानकारी गराएका छन् ।

सहायक प्राध्यापक टंक मुखियाले सहभागीहरूलाई स्वागत गर्दै भने, ‘यो सम्मेलनमा विज्ञान प्रविधिको उपयोग र यसले सिर्जना गरेका चुनौतीहरूलाई समाधानका उपायहरूबारे छलफल गरिनेछ।’

सम्मेलनको अध्यक्षता गरिरहेका प्रा. डा हेमराज पन्तले जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यजस्ता समस्या समाधानका लागि सामूहिक प्रयासको महत्त्वलाई जोड दिए । उनले सम्मेलनको तीन दिनसम्म चल्ने सम्मेलनमा विज्ञानले देखाएका चुनौतीहरूको दिगो समाधान खोज्ने प्रतिबद्धताको लागि आह्वान गरे। ‘हामी सबैलाई सामना गर्ने चुनौतीहरूको नवीन जवाफ खोज्दै यो यात्रा सँगै अघि बढौँ,’ उनले आग्रह गरे।

सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान र संयुक्त राज्य अमेरिका कोरिया लगायतका देशहरूका वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ५ : ३४ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक