जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा « Khabarhub

जर्मनीका चान्सलर शोल्ज भारत भ्रमणमा


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीका चान्सलर ओलाफ शोल्ज भारत भ्रमणमा आएका छन् ।

भारत भ्रमणको क्रममा भारतीयहरूको लागि भिसा कोटाको बारेमा जर्मनीका चान्सलर शोल्जले विशेष घोषणा गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । यसै अवसरमा जर्मनीले प्रत्येक वर्ष भारतीयहरूको भिसा कोटा बढाउने निर्णय गरेको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीले १८औं एशिया-प्रशान्त सम्मेलन (जर्मन व्यवसाय) लाई सम्बोधन गर्दै जर्मनीले भारतको दक्ष जनशक्तिमा ठूलो विश्वास देखाएको बताएका छन् ।

प्रधानमन्त्रीले जर्मनीले दक्ष भारतीयका लागि हरेक वर्ष भिसाको संख्या २० हजारबाट बढाएर ९० हजार पुर्‍याएको बताए ।

उनले भने, ‘भारत र जर्मनीबीचको पारस्परिक व्यापार पनि ३० अर्ब डलरभन्दा बढी पुगेको छ । एसिया-प्रशान्त सम्मेलनले युरोपेली संघ र एसिया-प्रशान्त क्षेत्रबीचको सम्बन्धलाई बलियो बनाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।’

जर्मनीका चान्सलर शोल्ज भारतमा आयोजना हुने १८औँ एशिया–प्रशान्त सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्लीमा उपस्थित भएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया