जातीय र धार्मिक सद्भावविरुद्ध भड्किलो अभिव्यक्ति दिने मंगोल नेता पक्राउ « Khabarhub

जातीय र धार्मिक सद्भावविरुद्ध भड्किलो अभिव्यक्ति दिने मंगोल नेता पक्राउ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सामाजिक सन्जालमार्फत खासगरी क्षत्री-बाहुन र हिन्दु धर्मावलम्बीविरुद्ध आपत्तिजनक र भड्किलो धार्मिक अभिव्यक्ति दिँदै आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले खोटाङको हलेसीतुवाचुङ नगरपालिका-८ निवासी ४२ वर्षीय नयन्द्रकुमार चाम्लिङ राईलाई पक्राउ गरेको हो ।

मंगोल नेशनल अर्गजनाइजेशनका नेता उनलाई इलाका प्रहरी कार्यालय धरानको समन्वयमा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्युरोले जनाएको छ।

ब्युरोका प्रवक्ता दीपकराज अवस्थीले मंगोल नेशनल अर्गनाइजेशनको नेता बताउँदै आएका राईले हिन्दु धर्म र क्षत्री-बाहुनहरूको विरोधमा आपत्तिजनक अभिव्यक्तिसहित भिडिओ हालेका थिए ।

ब्युरोको टोलीले सामाजिक सञ्जाल निगरानीका क्रममा राईले युट्युब र फेसबुकसहितमा प्लाटफर्ममा धार्मिक सहिष्णुता खलबलिने, घृणा र द्वेष फैलाउने गरी अभिव्यक्ति दिएको भेट्टाएको थियो ।

उनले विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धलाई खलल पार्ने श्रव्य दृश्य सामाग्री निर्माण तथा प्रसारण गरेको भेटिएको अवस्थीले शुक्रबार जनाएका छन् ।

राईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको उनले बताए । उनलाई काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ६ : ३६ बजे

खगेन्द्रको विषयमा रास्वपा सती जान सक्दैन : लिमा अधिकारी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका सांसद खगेन्द्र सुनुवार यतिखेर गम्भीर

भारतमा प्रदर्शन : ३० भन्दा बढी पत्रकार पक्राउ, प्रेस स्वतन्त्रतामाथि प्रश्न

काठमाडौँ – भारतको राजधानी नयाँ दिल्लीमा मतदाता नामावली संशोधनविरुद्ध भएको प्रदर्शनको

काठमाडौँमा लुकिछिपी बसिरहेका १० विदेशी नागरिक पक्राउ

काठमाडौँ– अवैधरूपमा नेपाल प्रवेश गरी काठमाडौँका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका

गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट

काठमाडौं – भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा गृहमन्त्री सुधन गुरुङ