म्युजिकल फिल्म ‘रमाइलो तिहार’मा राजबल्लभको अभिनय « Khabarhub

म्युजिकल फिल्म ‘रमाइलो तिहार’मा राजबल्लभको अभिनय


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परदेशमा रहेका नेपालीको भावना समेटिएको म्युजिकल फिल्म ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ ।

उक्त गीतमा लामो समयदेखि विदेशमा रहेका भाइलाई भाइटिका लगाउन नेपालबाट विदेश पुगेकी दिदीको यात्रा देखाइएको छ ।

यस म्युजिकल फिल्ममा गायक प्रताप दासको स्वर र रमेश क्षेत्रीको संगीत रहेको छ। यसको शब्द भने रमेश क्षेत्रीको रहेको छ ।

भिडियोमा मुख्य पुजा चन्द, समीर रेग्मी, आकृति काफ्ले, मनोरथ खनाल, लगायतको अभिनय रहेको छ । अभिनेता राजबल्लभ कोइरालालाई भने विशेष भूमिकामा देख्न सकिन्छ ।

‘साँघुरो’ फिल्म निर्देशक जोयस पाण्डे यस म्युजिकल फिल्मको निर्देशन गरेका हुन् । ह्यप्पी होम स्टुडियोजको निर्माण गरेको यस भिडियोको सम्पूर्ण छायाङ्कन अमेरिकामै भएको निर्माण पक्षले बताएको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको