प्रधानमन्त्रीले भने- दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ « Khabarhub

प्रधानमन्त्रीले भने- दोषी देखिए रविले पनि अरुले जस्तै सजाय भोग्नुपर्छ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा दोषी देखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सजाय भोग्न तयार हुनु पर्ने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ सात राजनीतिक दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले यस्तो बताएका हुन् ।

बैठकमा सहभागी एकजना नेताका अनुसार प्रधानमन्त्री ओलीले रविको नाम नलिई अहिले सहकारी ठगी प्रकरणमा ५७५ जनाभन्दा धेरै जेलमा रहेको बताउँदै यदि अदालतबाट दोषी ठहर भएका उनले पनि त्यसका लागि तयार हुनुपर्ने बताएका हुन् ।

‘प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणबारे ब्रिफिङका क्रममा ६ सय बढीमाथि मुद्दा चलेको बताउनु भयो । ५७५ जनाले सजाय भोगिरहेको कुरा ब्याख्या गर्दै उहाँले रविको हकमा पनि दोष देखिए त्यही कुरा लागु हु्ने बताउनु भयो’, बैठकमा सहभागी ती नेताले भने, ‘तर उहाँले रविको नामै भने लिनु भएन । अरुले सजाय भोगेको अवस्थामा उस्तै कसूरमा रवि पनि दोषी हुन सक्ने प्रधानमन्त्रीको भनाइ थियो ।’

लामिछाने अहिले सहकारी ठगी मुद्दामा कास्की प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भइससकेको छ। शुक्रबार मात्रै रवि, जीबी राई र छविलाल जोशीका साझेदार रामबहादुर खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार सहकारीसहितका प्रकरणमा सत्तारुढ सात दलले संयुक्त वक्त्व्य निकालेका छन् । वक्तव्यमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका शेरबहादुर देउवा, जनता समाजवादी पार्टीकी सहअध्यक्ष रेणु यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०० बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर

मध्यविन्दु– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१४ प्रगतिनगरमा

राजदूत बन्न प्रधानमन्त्री बालेनलाई सचिव पुष्करको म्यासेज– ‘सहयोग पाऊँ हजुर’

काठमाडौँ– मुख्य सचिवको दौडमा रहेका उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करमाथि

वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक : उपराष्ट्रपति

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै

नेपालगन्ज भन्सार : दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन

राँझा– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको

मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण

काठमाडौं– अवैध, अप्रमाणित तथा अनियमित मत्स्य दोहनविरुद्ध जनचेतना अभिवृद्धि गर्दै