सेफ सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’ « Khabarhub

सेफ सन्तोष र नारायणले मिथिला थालीमा पस्किए रैथाने स्वादसहित ‘भिक्ट्री प्लेट’


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकै प्रतिष्ठित बेकिङ प्रतियोगिता ‘बेक अफः द प्रोफेसनल्सः २०२४’ विजेता सेफ नारायण श्रेष्ठ र बिबिसी मास्टर सेफ विजेता सेफ सन्तोष शाहले विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित नेपाली एवं विदेशी पाहुनालाई आफ्नो स्वाद पस्किएका छन् ।

नेपाली खाना प्रवर्धन लागि मिथिला थाली गैह्रिधारामा आयोजित भिक्ट्री प्लेट नाम दिइएको कार्यक्रममा नेपालका दुई उत्कृष्ट पाक कलाकारले नेपालको रैथाने स्वादसहित खाना र डिजर्ट बनाएका थिए । कार्यक्रममा उपस्थित करिब ५० जना विशिष्ट पाहुनालाई मिथिला लस्सीले स्वागत गरिएको थियो ।

कार्यक्रममा पुगेका नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले जुम्ली स्याउको चटनीसँग पोलेको तरुल खान पाउँदा कर्णाली सम्झेर आफू नोस्टाल्जिक भएको बताए । त्यस्तै इस्कुस, आलु र याक चिजले भरिएको समोसा खाएपछि इन्फ्लुयन्सर मानसी अग्रवालले भनिन्, ‘इस्कुस पनि यति मिठो हुँदो रहेछ भनेर पहिलो चोटि थाहा भयो ।’

व्यवसायी राजेन्द्र खेतानले ओएलको अचारसँग सौंफ मिश्रित रोटीको स्वादले पेट भरिए पनि मन नभरिएको प्रतिक्रिया दिए । बेलायती राजदुतकि श्रीमती जुलिया फेनले नेपाली परिकारको मौलिक स्वाद र प्रस्तुतिले आफूलाई लोभ्याएको बताउँदै सांस्कृतिक सम्पदाको उत्कृष्ट प्रतिनिधित्व गरेकोमा दुवै जना सेफको प्रशंसा गरिन् ।

प्यासिफिक एसिया ट्राभल असोसियसनका प्रमुख कार्यकारी अधिकृत सुरेश बुढाले यस प्रकारका कार्यक्रमहरूले नेपाली परिकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्दै फुड टुरिजमको माध्यमबाट नेपाललाई विश्वभर चिनाउन मद्दत पुऱ्याउने धारणा व्यक्त गरे ।

भेटमा सेफ सन्तोषले मेन मेन्यु पस्कँदा सेफ नारायणले डिजर्ट चखाएका थिए । सुन्तलाको कुराउनी, खुर्सानी, टिमुर, गुँदपाक जस्ता नेपाली स्वादलाई सेफ नारायणले आफ्नो पाककला मार्फत उत्कृष्ट बेकरी रेसिपि तयार गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको हिमालयन जाभाका संस्थापक गगन प्रधानले बताए । उनले सेफ नारायणले बनाएका बेकरी प्रडक्टको खुलेरै प्रशंसा गरे ।

माक्कूसेको संस्थापक एवं पूर्व मिस नेपाल अनुष्का श्रेष्ठले भने गुँदपाकको प्रयोग गरेर यति मिठो केकको बन्छ भन्नेमा आफू अचम्मित भएको बताइन् ।मिथिला थालीमा उपस्थित अधिकांशको रोजाइमा परेको अनदीको चामल अनि लालीगुराँसको रक्सी लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अनिल केशरी शाहले रैथाने पेय पदार्थलाई नीतिगत सम्बोधन गरेर ब्राण्डीङ गर्न राज्य अग्रसर हुन पर्नेमा जोड दिएका छन् ।

सयपत्रीको तेल र फुलसँगै साँधेको भोगटे, नेपाली रैथाने स्वाद मिसिएका बेकरी परिकारले आफूलाई लोभ्याएको सेफ गोविन्द नरसिंह केसीले बताए । कार्यक्रममा नेपालको पहिलो फुड रियालिटी सो सेफ नेपालका अन्तिम तिन प्रतियोगी सहित गेट कलेजमा हस्पिटालिटी अध्ययनरत विद्यार्थीसँगै भान्से लक्ष्मणले समेत सघाएका थिए ।

कार्यक्रमपछि, प्रतिक्रिया दिँदै सेफ सन्तोषले पाहुना सन्तुष्ट भएकोमा आफू हर्षित भएको बताए । सेफ नारायणले नेपालमा आफ्नो पहिलो कार्यक्रममा पाहुना खुसी देख्दा मन प्रसन्न भएको बताएका छन् ।

कार्यक्रमका डा भगवान् कोइराला, मिस नेपाल सदिच्छा श्रेष्ठ, अस्मी श्रेष्ठका साथै अन्य कलाकार, राजनीतिज्ञ, व्यवसायी, पर्यटन क्षेत्रका विशिष्ट पाहुना, एनआरएनएका प्रतिनिधि, डेनमार्क, बेलायत, जर्मनी, अमेरिका लगायत अन्य कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ०८ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा