कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल « Khabarhub

कृषि क्रान्तिको युग सकियोः अध्यक्ष नेपाल


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अब कृषि क्रान्तिको युग सकिएको बताएका छन् ।

आजबाट भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको दिपल कम्पनीको इलेक्ट्रोनिक कारको स्वरुमको उद्घाटन गर्दै उनले अब सूचना प्रविधि (आइटी) को युग सुरु भएको बताए ।

उनले भने, “यो कृषि क्रान्तिको युग होइन, विज्ञान र प्रविधिको युग हो । उद्योग, औद्योगिक क्रान्ति, विश्वलाई परिवर्तन गर्ने आइटी, नयाँ खोज र अनुसन्धानको युग हो । यसर्थ नयाँ ज्ञान र सीप हासिल गर्नु आजको आवश्यकता हो ।”

अध्यक्ष नेपालले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न सवारी प्रदूषण कटौती गर्न जरूरी रहेको र त्यसका लागि इलेक्ट्रोनिक गाडीको प्रयोग बढाउने गरी सरकारले सहजीकरण गर्नुपर्ने धारणा राखे ।

उनले भने, “अब डिजेल पेट्रोलको प्रयोग नगर्ने, यसको खपत घटाउन आवश्यक छ । हाम्रो देश जलस्रोतको धनी भएकाले विद्युत् उत्पादन गरेर गाडीलगायत सवारी साधनको प्रयोग र प्रत्येक उद्योग कलकारखाना विद्युत्बाटै सञ्चालन गर्न सरकारले नीति ल्याउनुपर्छ ।”

कार्यक्रममा इलेक्ट्रोनिक कार दिपल कम्पनीको अध्यक्ष विष्णु अग्रवालले पछिल्लो समय इलेक्ट्रोनिक कारको माग उच्च रहेको र हाल दैनिक सयवटा गाडी बिक्री हुँदा ८० वटा इलेक्ट्रोनिक गाडी रोज्ने गरिएको बताए ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ९ : ४५ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा