नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ « Khabarhub

नयाँ युगका निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गरौँ : विजुक्छेँ


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियान सुरु गर्नुपर्ने बताएका छन् ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले नयाँ युगको निम्ति योग्य नागरिक तयार गर्ने अभियानको सुरुआत खेलकुदबाट गर्नुपर्ने बताएका हुन् । अध्यक्ष विजुक्छेँले शारीरिक रूपमा स्वस्थ व्यक्तिले समाजका लागि धेरै काम गर्न सक्ने भन्दै त्यस्ता व्यक्ति विद्यालयबाटै तयार पार्नुपर्ने बताए ।

कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले खेलकुद महोत्सवको रूपमा सुरु गरेको प्रतियोगिता देशलाई आवश्यक राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले आयोजना गरेको बताए ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलगायतले खेलकुद देशका लागि हुनुपर्नेमा जोड दिए। कात्तिक १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलकुदका विभिन्न १५ विधाका खेलका लागि ८४ वटा विद्यालयका दुई हजार ८४६ खेलाडीले भाग लिने भक्तपुर नपा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले जानकारी दिए ।

प्रतियोगितामा विद्यालयस्तरीय टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाललगायत खेल हुनेछन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : २७ बजे

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)