‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’ « Khabarhub

‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी जोखिममा रहेको उल्लेख गर्दै यसबाट जनताको सुरक्षा गर्नु आजको प्रमुख विषय भएको बताएका छन् ।

संरक्षण समूह नेपाल (कन्जरभेशन अलाइन्स नेपाल)द्वारा आज यहाँ आयोजित एक समारोहमा उनीहरुले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि यसका असरबाट बढी पीडित हुनुपरेको उल्लेख गरे ।

कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले नेपालको भूगोल जोखिमयुक्त रहेको र पछिल्लो समय जलवायुका असरबाट सिर्जित विपद् व्यहोर्नुपरेको उल्लेख गर्दै यस्ता विषय अन्तर्राष्ट्रिय मञ्चहरुमा प्राथमिकताका साथ उठाउने बताए।

साथै उनले आगामी नोभेम्बर ११ देखि २२ तारिखसम्म अजरबैजानको बाकुमा हुने जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप–२९ मा नेपालले जलवायुको न्याय र क्षतिपूर्तिका लागि उठाउनुपर्ने विषयको तयारी भईरहेको जानकारी गराए ।

प्रधान सेनापति अशोकराज सिग्देलले वातावरण र जलवायु परिवर्तन आजको महत्वपूर्ण र संवेदनशील विषय हुनुका साथै सबैको सरोकारकोे विषय भएको बताए ।

उनले नेपाली सेनाका आठ हजार भन्दा बढी जनशक्तिले मुलुकभरका राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको संरक्षण गर्दै आएको, ‘एक सिपाही एक बिरुवा’ अभियान सञ्चालन गरी वातावरण संरक्षणमा सेनाले महत्वपूर्ण योगदान गर्दै आएको जानकारी गराए ।

कार्यक्रममा संरक्षण समूह नेपालका अध्यक्ष तथा पूर्व प्रधान सेनापति गौरव शम्शेर जबराले सुरक्षाको परम्परागत परिभाषाअन्तर्गत जिउधनको मात्र सुरक्षा पर्ने भएपनि आजको आधुनिक परिभाषामा जलवायु परिवर्तनका असरबाट जनताको सुरक्षा गर्नु पनि उक्त परिभाषामा समेटिएको बताए ।

साथै उनले जलवायु परिर्वतनमा न्यून योगदान भएपनि हिमाली मुुलुक नेपाल पछिल्लो समय जलवायुका असरबाट बढी प्रभावित भएकाले यो विषयलाई अन्तराष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा उठाउनुपर्ने र यसमा सबैले चासो दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरुले ‘नेपालमा जलवायु परिर्वतन र राष्ट्रिय सुरक्षा’ विषयमा प्रस्तुती गरेका थिए । कार्यक्रममा वन वातावरण, जलवायु परिवर्तन, जैविक विविधतालगायत विषयका विज्ञका साथै सुरक्षा निकायका अवकाश प्राप्त उच्च अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  १० : ५१ बजे

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ

मैत्रीपूर्ण फुटबल खेल्न पूर्वकप्तानहरु सुर्खेतमा

कर्णाली– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा