आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड « Khabarhub

आइपिएल: पाँच भारतीय खेलाडी बने महंगा, २७ करोडमा बिकेर ऋषभले तोडे रेकर्ड


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

जेदाह – इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनको पहिलो दिन भारतका पाँच खेलाडी महंगोमा बिक्री भएका छन्। ऋषभ पन्त आइपिएल इतिहासकै महँगा खेलाडी बन्दा श्रेयास ऐयार बंकटेस ऐयारले पनि महत्त्वपूर्ण फड्को मारेका छन्।

आइतबार साउदी अरेबियाको जेदाहमा भएको मेघा अक्सनमा लखनउ सुपर जेन्ट्सले २७ करोड भारतीय रुपैयाँमा पन्तलाई टोलीमा आबद्ध गरेको हो। यसैगरी, पन्जाब किङ्सले श्रेयास ऐयारलाई २६.७५ भारतीय रुपैयाँमा अनुबन्ध गरेको छ। यो दुवै रकम सन् २०२४ मा मिचेल स्टार्कका लागि कलकत्ता नाइटराइडर्सले खर्चिएको २४.७५ करोडको कीर्तिमान भन्दा बढी हो।

यी दुवै टोली नयाँ कप्तानको पनि खोजीमा रहेका कारण यी दुई खेलाडीलाई महँगो मूल्यमा टोलीमा आबद्ध गराएको हो। ब्याटिङ अलराउण्डर बैंकटेस ऐयारलाई २३ दशमलव ७५ करोड भारतीय रुपैयाँमा कलकत्ताले आबद्ध गराउनु भने सबै भन्दा आश्चर्य हो। सो टोलीले यसअघि ६ खेलाडीलाई रिटेन गरिसकेको थियो। रिटेन भएका खेलाडी मध्य रिंकु सिंह सबै भन्दा बढी १३ करोड भारतीय रुपैयाँमा रिटेन थिए। गत सिजनका अन्य स्टार सुनिल नारायण, वरुण चक्रवर्ती र आन्द्रे रसेल १२ करोड भारतीय रुपैयाँमा रिटेन भएका थिए।

यस सिजनको अर्को आश्चर्य भने युजभेन्द्र चावल बने। उनी प्रति ६ क्लब इच्छुक देखिए। गुजरात टाइटान, चेन्नाई सुपर किङ्स, लखनाउ, रोयल च्यालेन्जर बंगलोर तथा सनराइजर्स हैदरावादले चासो देखाएका थिए। यी सबैलाई पार गर्दै पन्जाबले उनलाई १८ करोड भारतीय रुपैयाँमा आबद्ध गरायो।

आर्शदीप सिंहसमेत पञ्जाबमा १८ करोडमा बिक्री भएका छन् । यसरी हेर्दा महंगो मूल्यको रेकर्ड भारतीय खेलाडीले नै बनाएका हुन् । दुई करोड मूल्यबाट सुरु भएको बोलकबोलमा आर्शदीपलाई पञ्जाबले १८ करोड दिएको हो । उनलाई चेन्नई, दिल्लीलगायत क्लबले बोली लगाए पनि पञ्जाबले राखेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : २८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्