साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो « Khabarhub

साउथ हम्टनमाथि जित निकाल्दै लिभरपुलले अग्रता बढायो


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियर सिपको तालिकामा लिभरपुलले अग्रतालाई अझ फराकिलो बनाएको छ। लिभरपुलले आइतबार राति भएको खेलमा साउथ हम्टनलाई ३-२ ले हराउँदै अग्रता बढाएको हो।

खेलको पहिलो हाफको ३० औं मिनेटमा लिभरपुल डोमिनिक जो बोस्जकीको गोलमा अग्रता लिन सफल भएको थियो। मध्यान्तर भन्दा ठिक अघि पाएको पेनाल्टीलाई उपयोग गर्दै साउथहम्टन खेलमा फर्किएको थियो। एडम आर्मस्ट्रङको प्रहार लिभरपुलका गोलरक्षक काहोमिन केलरले बचाए पनि रिबाउन्डमा उनले गोल गरे। ५६ औ मिनेटमा माटुयस फर्नान्डेजले आकर्षक गोल गर्दै साउथहम्टनलाई अग्रता दिलाएको खेलमा ६५ औ मिनेटमा मोहम्मद सलाहले बराबरी गोल गरे। उनले नै अन्त्यमा ८३ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गर्दै जित दिलाए।

अर्को खेलमा म्यानचेस्टर युनाइटेड र इप्सविच टाउन बिच १–१ गोलको बराबरीमा सकिएको छ। सो खेलको ८१ औँ मिनेटमा मार्कस रासफोर्डको गोलमा म्यानचेस्टरले अग्रता लिएको थियो। इप्सविचका लागि मध्यान्तर अघि ओमारी हाउटचिन्सनले गोल गरे। १२ चरणको समाप्तिमा लिभरपुलको ३१ अङ्क छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको २३ अङ्क छ। म्यानचेस्टर युनाइटेड १६ अङ्कसहित १२ औँ स्थानमा छन्। इप्सविच ९ अङ्क सहित १८ औ स्थानमा छ भने साउथहम्टन ४ अङ्क सहित पुछारमा छ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ७ : ५२ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा