भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै « Khabarhub

भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णोद्धार गरिँदै


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भोजपुर– समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको भोजपुरको धार्मिक तथा पर्यटकीय स्थल टेम्केडाँडामा रहेको टेम्केसिद्ध महादेवथान मन्दिरको जीर्णोद्धार गरिने भएको छ ।

कोशी प्रदेश सरकारसँगको सहकार्यमा जीर्णोद्धारको लागि सर्वेको काम सम्पन्न गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । मन्दिरको पुरानो स्वरूपलाई यथावत् राख्दै जीर्णोद्धार गरिने अध्यक्ष बस्नेतको भनाइ छ ।

यस मन्दिरमा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट दर्शानार्थी आउने गरेका छन् । यहाँ दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

यो मन्दिरमा बालाचतुर्दशी र राम नवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको टेम्केमैयुङ– ४ नागीका वडाध्यक्ष हर्कराज राईले बताए ।

मानिसहरू आफ्नो  कुल, पितृको सम्झनामा सदबीज छर्नका लागिसमेत यहाँ आउने गरेको उनको भनाइ छ । मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँसमेत छ । भाकल पूरा हुने विश्वासले यहाँ परेवा लगेर उडाउने प्रचलन रहेको छ ।

मन्दिर रहेको स्थानबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्घा, ह्लोत्सेलगायत आठ हजार मिटर अग्ला ६ ओटा र अन्य ३३ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : ३९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति