बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा | Khabarhub Khabarhub

बेलारूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद – पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरानको रिहाइको माग गर्दै प्रदर्शन भइरहेका बेला बेलारूसका राष्ट्रपति इस्लामबाद पुग्दैछन् ।इस्लामाबादमा तनाव बढिरहेको बेला शहरले आज बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई स्वागत गर्ने तयारी गरिरहेको छ।

तीन दिनसम्म चल्ने यो भ्रमण सेप्टेम्बरमा दुई देशले आगामी तीन वर्षका लागि व्यापार मार्गचित्र स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गर्न सैद्धान्तिक सहमति गरे पछि हुन लागेको हो । अलेकजेन्डरको  प्रतिनिधिमण्डलमा र्जा, न्याय, यातायात, प्राकृतिक स्रोत र आपतकालीन अवस्थाका मन्त्रीहरूका साथै सैन्य उद्योग समितिका अध्यक्षसमेत रहने छन् ।

सरकारी भ्रमणलाई पाकिस्तानी अधिकारीहरूले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न चाहेको एउटा कारणको रूपमा उद्धृत गरेका छन्।

इस्लामाबाद उच्च अदालत, जसले बिहीबार विरोध प्रदर्शनलाई गैरकानूनी ठहराएको छ, अदालतको आदेशमा भ्रमणको उल्लेख गर्दै बेलारुसी प्रतिनिधिमण्डलको सुरक्षा र आवागमनको स्वतन्त्रता अत्यन्तै महत्त्वपूर्ण रहेको भनिएको छ । तर, इस्लामबादमा प्रदर्शन जारी रहे पछि बेलारुसी राष्ट्रपतिको भ्रमण सुरक्षा खतरामा परेको जनाइएको छ । 

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १२ : ५२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले