देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन « Khabarhub

देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा कुनै खटपट नरहेको बताएका छन् । 

प्रजातन्त्र सेनानी अरविन्द ठाकुरको शालिक अनावरण गर्न जनकपुरधाम पुगेका देउवाले संघीय सरकारमा कुनै खटपट नरहेको बताएका हुन् । उनले यो गठबन्धन रहिरहने बताएका छन् । 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री देउवाले भने, ‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ । मधेश प्रदेश सरकारको हकमा कांग्रेसको मात्रै निर्णयले पुग्दैन । अरु दलहरूले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’

त्यस्तै उनले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग मात्रै लिइने बताएका छन् । उनले बीआरआईमार्फत ऋण नलिएर अनुदानमा मात्रै सहयोग लिइने कांग्रेसको अडान रहेको स्पष्ट पारे ।

‘बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन अनुदान लिनुपर्छ,’ कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ, छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए । प्रधानमन्त्री ओलीको आगामी चीन भ्रमणमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने विषयमा कांग्रेस र एमालेबीच समझदारी बन्न सकेको छैन । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेदेखि चीन भ्रमण गर्दैछन् ।

यही भ्रमणका अवसरमा बीआरआई कार्यान्वयन योजना सम्झौतामा नेपाललाई हस्ताक्षर गराउन चीनले चाहिरहेको छ । तर यहाँका सत्तारूढ दलहरूबीच नै बीआरआई कार्यान्वयन योजना सम्झौताका विषयमा मत मिल्न सकेको छैन ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ५७ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी