अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या  « Khabarhub

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या 


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आज नोभेम्बर २५ अर्थात् आज ४५औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस । ‘हरेक १० मिनेटमा एकजना महिलाको हत्या हुन्छ, यसको विरुद्ध आवाज उठाऔं’ भन्ने नाराका साथ यस दिवस मनाइदैछ ।

डोमिनिकन रिपब्लिकमा तत्कालीन समयमा त्यहाँका तानाशाह राफेल ट्रलिजाले तीन महिला अधिकारकर्मीलाई क्रूर तरिकाले हत्या गर्ने निर्देशन दिएका थिए ।

उनको निर्देशनअनुसार तीन मिराबल दिदीबहिनीको हत्या भएको थियो । तिनै दिदीबहिनीको सम्झना  स्वरुप आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन थालिएको हो । सन् १९८१ देखि यो दिवस मनाउन थालिएको हो ।

यस वर्षको नारा चाहिँ ‘एभ्रि टेन मिनेटस् अ वुमन इज किल्ड, नो एक्सक्युज’ हो । महिला हिंसाको अनेक अनुहारहरू भनेर यस वर्ष महिला हिंसाका प्रकार र प्रकृतिहरूलाई विशेष केन्द्रमा राखिएको छ ।

७ फेब्रुअरी २००० मा संयुक्त राष्ट्र संघको महासभाले पनि २५ नोभेम्बरलाई अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका रूपमा मनाउन औपचारिक रूपमा सुरुवात गरेको हो । महिला हिंसा अन्त्य दिवस आजको दिन मनाउने गरिए पनि यो १६ दिनसम्म चल्ने अभियान हो । यो आजदेखि डिसेम्बर १० सम्म सञ्चालन हुन्छ । 

विश्व पितृसत्ता नेतृत्वमा सञ्चालित छ ।  महिला हिंसा बाहिर मात्र होइन, घरेलु हिंसाका रूपमा पनि रहेको छ । यसको अन्त्य आजको समाज र विश्वको आवश्यकता हो ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  २ : १४ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका